प्युठान । महिला अधिकारका लागि गाउँगाउँबाट महिलाहरु जागरुक हुन थालेका छन ।
लैङ्गिक हिसा बिरुद्धकाे १६ दिने अभियान राष्ट्रिय स्तरमा चलिरहदा नौबहिनी गाउपालिका ८ का अन्तरआमा समूह स्तरमा महिला अधिकारका बिषयमा छलफल भएको छ ।
कार्यक्रममा जिल्ला समिति सदस्य तारा बिक, वडा अध्यक्ष मान बहादुर केसी, वडा सदस्य हुमलाल भण्डारी , कमला भण्डारी, पत्रकार श्रीराम भण्डारीले महिला हिंसा , महिला अधिकारका बिषयमा जानकारी दिएका थिए ।
महिला बिरुद्धकाे लैङ्गिक हिसा बिरुद्धकाे अभियान अन्तर्गत कार्यक्रम गरिएको अध्यक्ष केसीले जानकारी दिए ।

