प्युठान । प्रतिनीधी सभा निर्वाचन २०८२ का लागि नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका प्राध्यापक डाक्टर गोविन्दराज पोखरेलले सहिदहरूको सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
सहिद दिवसका अवसरमा प्युठानको गाजुरीस्थित सहिद पार्कमा सहिदहरूको शालिकमा माल्यार्पण गर्दै डा. पोखरेलले व्यवस्था परिवर्तनका लागि आफ्नाे ज्यानको आहुति दिने सहिदहरूको सपना पूरा गर्नु अहिलेको मुख्य कार्यभार भएको बताउनुभयो।
व्यवस्था परिवर्तनका लागि नेपालमा २००७ सालदेखि २०८२ सम्म नवयुवाहरूले सञ्चालन गरेका आन्दोलनका क्रममा ज्यानको आहुति दिने सहिदहरूप्रति सम्मान व्यक्त गर्दै पोखरेलले अब व्यवस्था परिवर्तनका लागि कुनै आन्दोलन गर्न नपर्ने गरी नीतिगत सुधारसहित विकास र समृद्धिका लागि अगाडि बढ्नुपर्ने बताउनुभयो।

