प्युठान । प्युठान नगरपालिकाले विकट वडा नं ५ जुम्रिकाँढाकाे ढुंगेठाँटिमा शहरी स्वास्थ्य इकाई स्थापना गर्ने निर्णय गरेको छ ।
जिल्लाकै दुर्गम जुम्रिँकाढाकाे ठूलो गाउँमा स्वास्थ्य चाैकि रहेको छ । उक्त स्वास्थ्य संस्थाले उपल्लो भागमा स्वास्थ्य सेवा सहज गराइरहेको भएता पनि अन्य क्षेत्रका बासिन्दा स्वास्थ्य सेवा लिन आउन समस्या पर्ने भएकोले नगर कार्यपालिकाले यो निर्णय गरेको जनाएको हाे ।
ठूलो गाउँमा भएको स्वास्थ्य चौकीबाट सबैलाई सेवा दिन नसक्ने भएपछी यो निर्णय गरेको प्युठान नगरपालिकाका मेयर बिष्णु बहादुर योगीले बताए । ” भौगोलिक विकटताका कारण यो चौकीबाट सेवा प्रबाहमा समस्या भयो” उनले भने,” नागरिकलाइ सहज सेवा दिन हामीले शहरी स्वास्थ्य इकाइ आबश्यक ठान्यौ ।”
निर्वाचनको समयमा बाँसकाेट, ढुंगेठाँटि, टाकुरा, ओवाङ लगाएतका बासिन्दाले पायक पर्ने गरि थप स्वास्थ्य संस्थाको माग गरेका थिए । नगर प्रमुख र उपप्रमुखकाे उमेदवारका रुपमा आफुहरुले घरदैलोका क्रममा प्रतिवद्धता गरेकाे उपप्रमुख देवेन्द्र वर्माले स्मरण गरे । वास्तविक आवश्यकता समेत महसुस गर्दै कार्तिक ७ गतेकाे कार्यपालिकाले निर्णय गरेको वताउँउदै उपप्रमुख वर्माले मंसिर महिनाभरमा स्थापना गर्ने वताए ।
पालिकाको दुर्गम भागमा भएका कारण ठूलो गाउँमा भएको स्वास्थ्य चाैकिमा समेत आधुनिक सुविधा सहितको भवन निर्माणका लागि पालिकाले केही समयमै डिपिआर तयार गरि स्वास्थ्य मन्त्रालयमा पठाउने तयारी भएको पनि नगर उपप्रमुख देवेन्द्र वर्माले जानकारी दिए ।

