प्यूठान — प्यूठानको ऐरावती गाउँपालिका–१, छेडाघाटमा भीषण आगलागी भएको छ। आगलागीका कारण छेडाघाट गाउँ नै सखाप भएको छ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार आगलागीमा परी हालसम्म २० वटा घर जलेर पूर्ण रूपमा नष्ट भएका छन्। आगलागीबाट ठूलो मात्रामा धनमालको क्षति भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय बिजुवार र बरौलाबाट खटिएको प्रहरी टोलीले आगो नियन्त्रण गर्ने प्रयास गरिरहेको छ। स्थानीय लक्ष्मण रानाको गोठबाट गएराति करिब साढे १२ बजेतिर आगलागी सुरु भएको बताइएको छ।
आगलागीका कारण सिंगो गाउँ नै ठूलो क्षतिमा परेको छ।

