ADVERTISEMENT

Samachar Space
नवगठित समितिले मन्दिरको संरक्षण, नियमित व्यवस्थापन तथा धार्मिक एवं पर्यटकीय गतिविधिहरूको प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै दीर्घकालीन योजना अघि बढाउने जनाएको छ। समितिले मन्दिर परिसरको पूर्वाधार विकास, भक्तजनलाई सहज सेवा प्रवाह तथा धार्मिक पर्यटन विस्तारमा विशेष ध्यान दिने बताएको छ।
स्थानीयवासी, भक्तजन तथा सरोकारवालाहरूले नयाँ समितिको गठनसँगै मन्दिरको विकास, सुशासन र व्यवस्थापन अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गरेका छन्। उनीहरूले सुपादेउराली क्षेत्रलाई धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा थप परिचित बनाउन समितिले सक्रिय भूमिका खेल्ने अपेक्षा गरेका छन्।
सुपादेउराली मन्दिर पश्चिम नेपालकै प्रसिद्ध धार्मिक आस्थाको केन्द्र मानिन्छ। यहाँ दैनिक रूपमा सयौं भक्तजन दर्शनका लागि आउने गर्दछन् भने विशेष पर्व तथा उत्सवका अवसरमा ठूलो संख्यामा श्रद्धालुको उपस्थिति रहने गर्दछ।
Copyright 2023 Samachar Space All Right reserved
Developed By Jhapa Technical Pvt.Ltd
