प्यूठान । सरुमारानी गाउँपालिका वडा नंं १ का २०७९ मा नेकपा एमालेका वडाध्यक्ष उम्मेदवार चेत बहादुर पुन र २०७९ को स्थानीय तह निर्वाचन परिचालन समितिका युवा समिति ईन्चार्ज शोभ बहादुर मर्साई सहित आधा दर्जन एमालेका कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । बिहिवार नेपाली कांग्रेस सरुमारानी गाउँपालिकाले आया्जना गरेको अगुवा कार्यकर्ता भेटघाटमा उनीहरुलाई पार्टी प्रवेश गरेका हुन् ।
उनीहरुलाई नेपाली कांग्रेसका नेता तथा प्रतिनीधी सभा सदस्य प्रा.डा. गोबिन्दराज पोख्रेल, लुम्बिनी प्रदेशकी सांसद नीमा गिरी, पूर्व पार्टी सभापति अमर भण्डारी, शिव रिजाल र सरुमारानी गाउँपालिकाका सभापति मुकुन्द शार्माले स्वागत गरेका हुन् । आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रा. डा. गोबिन्दराज पोख्रेललाई रुख चिन्हमा मतदान गरी विजयी गराउन आफूहरु लागि पर्ने बताए ।


