प्यूठान । नयाँ बर्ष २०८३ को अवसरमा प्यूठानको पर्यटकीय स्थल मल्लरानीमा सोमवारदेखि चौथो मल्लरानी खाना महोत्सव सुरु भएको छ । मल्लरानीको पर्यटन प्रर्वद्वन तथा रैथाने खानाको परिकारको संरक्षण गर्नका लागी महोत्सव आयोजना गरिएको हो ।
दुई दिनसम्म चल्ने खाना महोत्सबमा नेवारी तथा अन्य जातजातीका खानाका परिकार राखिएको छ । जसले अबलोकल गर्न जाने जो कोहिलाई लोभ्याउने गरेको छ ।
यहाँ नेवारी,मगर, गुरुङ लगायतका जातजातीका बिभिन्न खानाका परिकार राखिएको छ । पछिल्लो पुस्तालाई लाभ हुँदै गएका मौलिक खानाको जानकारी दिनुका साथै खानाको प्रर्बद्धन गर्न गरी आन्तरिक तथा बाह्या पर्यटकलाई भित्र्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
महोत्सबमा नेवारी खानाका योमरी,छोइला,कचिला,समायबजी लगायतका एक दर्जनभन्दा धेरै परिकार राखिएको छ । जसले महोत्सब अबलोकन गर्न आउनेलाई आकर्षित गरेको छ ।
पछिल्लो समय जिल्ला सदरमुकाममा चहलपहल कम भएको र यहाँ आन्तरिक पर्यटनको माध्यमबाट आर्थिक गतिबिधी बढाउन यो महोत्सवले सहयोग पुग्नु आयोजक प्यूठान उद्योग बाणिज्य संघ मल्लरानी बजार इलाकाले बताएको छ ।
मल्लरानीबाट धौलागिरी,माछापुच्छे लगायतका हिमशृङ्खला देख्न सकिन्छ । यहाँ पुग्नका लागी सदरमुकामबाट ६ किलोमिटर सडक यात्रातय गरी पुग्न सकिन्छ । महोत्सवको उद्घाटन मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले गरेका हुन् ।

