प्यूठान । प्यूठानमा आमाले नबजात शिशुको हत्या गरिकीछिन् । प्युठानको गौमुखी गाउँपालिका ६ लिबाङ बुक्तिचौरकी २१ बर्षिया बिपना सुनारले नवजात शिशुलाई जन्माएर हत्या गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ । सुनार शिशुलाई जन्माएर हत्या गरि घर नजिकैको गहुँबारीमा गाडेको अबस्थामा शब फेला परेको हो ।
शनिबार बिहान करिब ९ बजेर ४० मिनेटको समयमा स्थानीयले सब देखेपछि प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय पूजा र जिल्ला प्रहरी कार्यालय प्युठानबाट गएको प्रहरी टोलीले घटनास्थलमा अनुसन्धान गर्दा गौमुखी गाउँपालिका ६ लिबाङ बुक्तिचौरकी २१ वर्षीया बिपना सुनारले नवजात शिशु जन्माएर गाडेको खुलेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा उनले परपुररुषसँगको सम्बन्धबाट जन्मिएको शिशुलाई जन्मेपछि मारेर गाडेको स्वीकार गरेको प्रहरीको भनाइ छ। घटनामा संलग्न भएको आरोपमा सुनारलाई नियन्त्रणमा लिएर जिल्ला अदालत प्युठानबाट ५ दिनको म्याद अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए ।

