झिमरुक गाउँपालिकालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्पष्टीकरण सोधेको छ ।
पालिकाले आ.व.२०७९÷०८० को बिनियोजित बजेटबाट निर्माण तथा मर्मत गरिएका विभिन्न सडक तथा अन्य योजनाहरुको काम नै नगरी लाखै रुपैया भुक्तानी दिएको भनी अख्तियारले स्पटीकरण गरेको हो । कार्यालयमा परेको उजुरीका आधारमा पालिकालाई १५ दिन भित्र आवश्यक कागजात सहित स्पष्टिकरण पेश गर्न निर्देशन दिएको अख्तियारले बताएको छ । समपुरक योजना अन्तरगतका ६ वटा मोटरबाटा मध्य ५ वटाको बिषयमा अख्तियारमा उजुरी हो ।


