प्यूठान । लुम्बिनी प्रदेश सरकारका आठ मन्त्रीले शुक्रबार मन्त्रालयको जिम्मेवारी पाएका छन् । साउन ९ गते बिनाविभागीय मन्त्री नियुक्त भएको १० दिनपछि उनीहरुले जिम्मेवारी पाएका हुन् । मामिला तथा योजना मन्त्रीमा धनेन्द्र कार्की, सहरी विकास तथा खानेपानी मन्त्रीमा सरोज थापा, वन तथा वातावरणमा बादशाह कुर्मीले जिम्मेवारी पाएका छन् । त्यस्तै उद्योग, पर्यटन तथा यातायात मन्त्रीमा प्रचण्डविक्रम न्यौपानेलाई जिम्मेवारी दिइएको छ । त्यस्तै एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्रीमा भूमिश्वर ढकाल, कृषि तथा भूमि व्यवस्था मन्त्रीमा दिनेश पन्थी, स्वास्थ्य मन्त्रीमा प खेम सारु र ऊर्जा जलश्रोत र सिँचाइ मन्त्रीमासीता शर्मा चौधरीले जिम्मेवारी पाएका छन् ।

