प्युठान । बृद्धामाथि चक्कु प्रहार गरी लुटपाट गरेको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ परेका छन ।
प्युठानको झिमरुक गाउँपालिका-५, ढाडास्थित ददेरीमा गहना लुटपाट गर्ने क्रममा बृद्धामाथि चक्कु प्रहार गरेको आरोपमा एकजना अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार ४२ वर्षीय एक पुरुषलाई झिमरुक गाउँपालिका-३ बाट पक्राउ गरिएको हो। प्रहरीले निजमाथि अनुसन्धान गरिरहेको जनाएको छ।
गत कार्तिक १६ गते दिउँसो करिब १२ बजेको समयमा झिमरुक-५, ददेरी निवासी ७५ वर्षीया बसन्ता गिरीलाई घरभित्रै ढोका लगाएर लुटपाट गर्ने प्रयास गरिएको थियो। सो क्रममा अज्ञात व्यक्तिले बृद्धा गिरीमाथि चक्कु प्रहार गरी गरगहना लुटेर भागेका थिए।

