काठमाडौँ — नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि हेटौँडास्थित संसदीय दलको कार्यालयमा भएको निर्वाचनमा शतप्रतिशत मतदान भएको छ।
संसदीय दलका सबै ३७ जना सांसदले मतदानमा भाग लिएका छन्। मुख्यमन्त्री बहादुर सिंह लामा र सांसद इन्द्र बानियाँबीच कडा प्रतिस्पर्धा भएको हो।
मुख्यमन्त्री लामाविरुद्ध अविश्वास प्रस्ताव पारित भएपछि रिक्त पदमा नयाँ नेता चयन गर्न निर्वाचन गरिएको हो। लामाले पुनः उम्मेदवारी दिएका छन्।
निर्वाचनको नतिजा आजै केहीबेरमा सार्वजनिक हुने बताइएको छ।

