समाचार स्पेश अनलाइन ।
झिमरुक गाउँपालिकाको साठीमुरेमा महिलाको शव फेला परेको छ । झिमरुक गाउँपालिका ३ र ८ को सीमाना साठीमुरे स्थित झिमरुक नदिमा महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक केशव के।सी।ले जानकारी दिनुभयो ।
मंगलबार दिउँसो १ वजे झिमरुक नदीमा शव देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । झिमरुक नदिको बिच भाग पानीमा घोप्टो अवस्थामा अन्दाजी बर्ष ४५ वर्षकी महिलाको शव भेटिएको हो । प्रवक्ता केसीका अनुसार महिलाले लगाएको कपडा निलो पटुका,रातो पेटिकोट र चोलो जस्तो देखिने अवस्थामा लाश फेला परेकोमा नाम थर खुलेको छैन । शवलाई पोष्टमार्टका लागि जिल्ला अस्पताल बिजुवारको शब गृहमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता केसीले बताउनुभयो ।

