प्यूठान । ऐतिहाँसिक डल्ले सराँय नाँचलाई पर्यटनसगँ जोड्नुपर्ने लुम्बिनी प्रदेशका सहरी बिकास तथा खानेपानीमन्त्री सरोज थापाले बताएका छन् ।
डल्ले सराँय नाँचको उद्घाटन कार्यक्रममा बोल्दै डल्ले सराँय नाँच नेपालकै ऐतिहाँसिक नाँच भएकाले यसलाई पर्यटनसँग जोड्न अहिलेको आबश्यकता भएको बताएका हुन । ‘यो नाँच दशैभरीकै ऐतिहाँसिक नाँच हो यसलाई प्रचारप्रसार गर्न आबश्यक छ’ उनले भने,‘यसको गरिमालाई बचाइ राख्न सबै लाग्नुपर्छ ।’
डल्ले सराँय नाँचको संरक्षण गर्न सार्वजनिक जग्गा भए राम्रो हुने उनको धारणा थियो ।

