प्यूठान । संबिधान दिवशको अबसरमा प्यूठान नगरपालिकाले झण्डोत्तोलन गरेको छ । नगरपालिकाले संबिधान दिवशको उपलक्ष्यमा मेयर बिष्णु बहादुर योगीले झण्डोत्तोलन गरेका हुन् ।
बि.सं.२०७२ साल असोज ३ गते संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधान घोषणा भएको ऐतिहासिक दिनको अवसरमा नगर प्राङ्गणमा झण्डोत्तोलन गरिएको हो । झण्डोत्तोलन गर्दै प्यूठान नगरपालिकाका मेयर बिष्णु बहादुर योगीले नेपालको संबिधान उत्कृष्ट तथा समाबेशी भएको बताए । संबिधानले दिएको अधिकारमा रहेको जनप्रतिनीधी तथा कर्मचारीले काम गर्नुपर्ने बताए । ‘संबिधानभन्दा बाहिर रहेर काम गर्ने अधिकार कसैको छैन’ उनले भने,‘संबिधान बमोजिक नागरिकलाई सेवा प्रवाह गर्नु हाम्रो दायित्व हो ।’
कार्यक्रममा उपमेयर देबेन्द्र बर्मा,जनप्रतिनीधी, प्रमुख प्रशासकीय अधिकृत, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

