प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिकाले आज कोजाग्रत पूर्णिमामा एक दिन सार्वजनिक बिदा दिएको छ। पालिकाको असोज ३० गते बसेको अध्यक्ष स्तरको बैठकको निर्णयानुसार कात्तिक १ गते बिहीवार आज पालिकाभरका सरकारी कार्यालय, बिद्यालयमा बिदा दिइएको हो ।
आज कात्तिक १ गते कोजाग्रत पूर्णिमाको अवसर पारेर पालिकाभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्थामा स्थानीय बिदा दिइएको एक सूचना प्रकाशन गर्दै कार्यालयले जानकारी दिएको छ ।

