काठमाडौं । संसदको पहिलो दल नेपाली कांग्रेसले बाढी पहिरो पिडित नागरिकका लागी पचास लाख रकम सहयोग गर्ने भएको छ । पार्टी पदाधिकारी बैठकले उक्त निर्णय गर्दै कांग्रेसले सो रकम सरकारको राहत कोषमा जम्मा गर्ने भएहो हो । सरकारको राहत कोष मार्फत एकद्धार प्णालीमा खर्च गर्नेगरी उक्त रकम जम्मा गर्ने निर्णय गरिएको नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।
गत ११ बाट परेको अविरल वर्षका कारण मुलुकमा ठूलो जनधनको क्षति भएको छ । सोही विषयमा पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकले पीडितको सहयोगका लागि संसदीय दलले सहयोग गर्ने र सबै सांसदहरूको १५ दिनको तलब सहयोग गर्ने निर्णय गरेको डा महतचले बताए ।
साथै केन्द्रीय कार्यसम्पादन समिति बैठकले निर्णय गर्दै बाढी पहिरोबाट बेपत्ता भएकाहरूको खोजी कार्य तीव्र गर्न सरकारसँग माग गरेको छ । बेपत्ताको खोजीलाई तीव्र गर्न सरकारको ध्यानाकर्षण गराउँदै सबै घाइतेको निःशुल्क उपचार चाँडोभन्दा चाँडो गर्न पनि सरकारसँग माग गरेको हो । बैठक पश्चात् जानकारी दिँदै महतले पार्टीको संरचना तथा भातृ शुभेच्छुक संस्थालाई पनि नागरिकलाई सहयोग गर्न अपिल गर्ने निर्णय भएको जानकारी दिए ।
‘कयौँ ठाउँको सडक छैन‚ पुल भत्किएको छ आवतजावत गर्ने कुरा अवरुद्ध भएको अवस्थामा पुल सडकलाई चाँडो भन्दा चाँडो निर्माण गर्नुपर्ने छ । बेलब्रिज उपलब्ध गराउने र चाडबाडको अवसरमा आम नेपाली आफ्नो घरमा जान सिक्ने बनाउन सरकारलाई अनुरोध गरेका छौँ‚’ उनले भने । कांग्रेसल यस्ता विपदजन्य घटनामा नियमित सहयोग गर्दै आएको छ ।

