काठमाडौ
दोलखाबाट काठमाडौं आउदै गरेको स्काेरपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ गम्भीर घाइते भएका छन्।
मृत्यु हुनेमा चालक उत्तमराज महर्जन र सिन्धुपाल्चोकका स्थानीय बलबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। बा १५ च ९३७० नम्बरको स्कारपियो गाडी लामोसाँघु जिरी सडक खण्डको ५ किलो नजिकै गएराति २ बजे दुर्घटना भएको थियो।
सडकबाट झण्डै ३ सय मिटर तल सडकमा गाडी खसेपछि राति स्थानीयले उद्धार गरेका थिए। दुर्घटनामा घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।
रामेछापमा निर्माणाधीन लिखु खाेला जलविद्युत आयोजनाबाट फर्कदै गरेकाे गाडीमा मृत्यु हुने र घाइतेहरू सबै जलविद्युत आयोजनाकै कर्मचारी र स्थानीय हुन् ।

