काठमाडौं । मंगलबार बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
आज दिउँसो २ बजेर ४० मिनेट जाँदा बझाङको तालकोट र दिउँसो ३ बजेर ७ मिनेट जाँदा चैनपुर केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्प मापन केन्द्रका अनुसार बझाङको तालकोट ५.३ र चैनपुर केन्द्रविन्दु भएर ६.३ म्याग्निच्यूटको भूकम्प गएको हो ।

भूकम्पबाट बझाङका २ ओटा विद्यालयको भबन पुर्णरुपमा भने अरु बिवरण प्राप्त भएको छैन । भूकम्पको धक्का पश्चिम नेपालका अन्य जिल्लाहरुमा पनि महसुस गरिएको थियो ।



