रविन विश्वकर्मा,प्यूठान ।
खलंगामा पकेट विकास एवम् अन्य कृषिसंग सम्बन्धित कार्यक्रमहरुको बार्षिक प्रगति समिक्षा गोष्ठी खलंगामा सम्पन्न भएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना,परियोजना कार्यान्वयन इकाई प्युठानको आयोजनामा कार्यालयको सभाहलमा शुक्रबार समीक्षा गोष्ठि सम्पन्न गरिएको हो । कार्यक्रममा जिल्लााका स्थानियत तहका कृषि शाखा प्रमुख तथा पशु प्राविधिकहरुले चालु आर्थिक बर्ष २०८०/८१ को कृषि तथा पशुपालन,पालिकामा संञ्चालन भएका पकेट विकास कार्यक्रमको वित्तीय प्रतिको बारेमा जानकारी गराएका थिए । यस्तै जिल्लाको कृषि तथा पशुपालन क्षेत्रमा बिभिन्न परियोजना मार्फत कार्यक्रम संञ्चालन गदै आएका मल्लारानी ग्रामीण विकास सरोकार केन्द्र,कालिका विकास केन्द्र, गोल परियोजना ९कृषि तथा जीविकोपार्जन प्रबद्र्धन परियोजना०, हेफर परियोजनाका प्रमुख तथा प्रतिनिधिले सम्पन्न गतविधि तथा वित्तीय प्रतिको बारेमा प्रस्तुतीकरण राखेका थिए । कार्यक्रमका सहभागिहरुले कृषि तथा पशुपालन क्षेत्रमा सरकारले धेरै लगानी गरे पनि लगानी अनुसारको प्रगति हासिल गर्न नसकेको बताएका छन् ।
भौगोलिक बिकटता,सिँचाइ सुविधाको अभाव,उत्पादनमा ब्यवास्था,कृषकमा प्राविधिक ज्ञानको कमी,नितिगत तथा ब्यवस्थापकीय कठिनाई, कृषकले चासो नदिदा,ब्यवसायीक भन्दा पनि अनुदान उपभोगको लागि मात्रै खेती गर्ने प्रवृत्ति जस्ता विविध कारणले संञ्चालन गरिएका कयौं कृषिसंग सम्बन्धित पकेट विकास कार्यक्रमहरु अपलपत्र परेको उनीहरुको भनाई छ । कार्य सम्पादनमा भएका कमि कजोरीहरुलाई सुधार गदै आगामि दिनहरुमा राम्रो नतिजा दिनेगरी अगाडि बढ्ने प्रतिवद्धता जनाएका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई प्यूठानका प्रमुख चुमानसिंह गिरीले चालू आर्थिक बर्ष २०८०/८१ मा कार्यालयको लागि विनियोजित ३ करोड ६९ लाख रुपैंया मध्ये ९२ प्रतिशत बजेट खर्च गरेको बताउनुभयो । परियोजना मार्फत सञ्चालन भएका कृषि तथा पकेट कार्यक्रमहरुको बारेमा जानकारी गराउदै जिल्लाका सबै स्थानीय तहले सञ्चालन गर्ने प्रधानमन्त्री कृषि आधुनिकिकरण अन्तरगत पकेट विकास कार्यक्रममा ८० प्रतिशत प्रगति हासिल गरेको बताउनुभयो ।
कार्यालय प्रमुख गिरीले जिल्लामा तरकारी,फलफुल, अण्डा,माछा मासु,चैते धान बिउको साथै ९ हजार मेक्टिन धान अभाव रहेकाले सबै निकायले जिल्लाको मागलाई धान्ने गरी उत्पादनका कार्यक्रमलाई जोडदिनुपर्ने बताउनुभयो । जिल्लामा धानको मागलाई परिपुर्ति गर्न बर्खे धानसंगै चैते धान खेतीलाई अगाडि बढाउन आग्रह गर्नुभयो । चैते धान क्षेत्र विस्तार तथा चक्लाबन्दी कार्यक्रम अन्तर्गत यस बर्ष ११ सय ८५ रोपनी क्षेत्र विस्तार गरी २५ सय ८५ रोपनी क्षेत्रमा चैते धान खेती गरिदै आएको बताउनुभयो । साथै यस आर्थिक बर्षमा ५० वटा ठुला तथा साना सिंचाई आयोजनाहरु सम्पन्न गरी ९७ हेक्टर क्षेत्रफलमा सिंचाइको सुविधा पुर्याउदै कुल ९ सय ६ हेक्टरमा सिंचाइको सुविधा पुर्याउन सफल भएको बताउनुभयो । यस बर्ष देखि धान खेतमा हाँस तथा माछा पालन कार्यक्रमको सुभारम्भ गरिएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति प्यूठान प्रमुख धरम बहादुर जिसीले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले जिल्लामा कृषि तथा पशुपालनको क्षेत्रमा राम्रो काम गरेको बताउनुभयो । कृषि तथा पशुपालन क्षेत्रमा काम गर्ने हरेक निकायले कार्यालयले जस्तै सक्रियताका साथ काम गरे जिल्लाको खाद्यान्न तथा अन्य जस्तोसुकै समस्या तथा अभावको समाधान गर्न सकिने बताउनुभयो । जिसीले स्थानिय तहरुको कार्य प्रगति सन्तोषजनक रहको बताउदै कार्य सम्पादनमा भएका कमिकमजोरीहरुलाई आत्मसाथ गदै देखिएका कठिनाई,समस्या तथा चुनौतीहरुको समयमै पहिचान गरी आगामी दिनमा राम्रो प्रतिफल दिने गरी काम गर्न आग्रह गर्नुभयो । स्थानिय हावा पानी,माटो,भुगोल सुहाउदो जमिनको छनौट गदै बजारको मागतथा आवश्यकता अनुसार पकेट विकासका कार्यक्रम संञ्चालन गर्न जोड दिनुभयो ।

यस्तै एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्यूठानका निमित्त कार्यालय प्रमुख उमेश श्रेष्ठले जिल्लालाई आत्म निर्भर गराउन उत्पादन तथा उत्पादकत्वलाई बढवा दिएको बताउनुभयो । कार्यालयले धान,मकै गहँु तरकारी,पशुपालन जस्ता उत्पादनलाई विशेष प्राथमिकतामा राखेर अनुदान सहितका बिभिन्न ब्लक कार्यक्रम संञ्चालन गरेको बताउनुभयो । चालू आर्थिक बर्ष २०८०/८१ मा कार्यालयको लागि विनियोजित ८ करोड रुपैंया बजेट मध्ये ६२ प्रतिशत बजेट खर्च गरेको श्रेष्ठले बताउनुभयो ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना,परियोजना कार्यान्वयन इकाई प्युठानका कार्यालय प्रमुख चुमानसिंह गिरीको अध्यक्षमा भएको कार्यक्रममा धान जोन सञ्चालक समन्वय समितिका संयोजक श्याम थापा स्थानीय तहका कृषि तथा पशु सेवा शाखा प्रमुखहरु, जिल्लामा कृषि तथा पशुपालन क्षेत्रमा काम गर्ने विभिन्न गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिहरुको सहभागीता रहेको थियो । परियोजनाका कृषि अधिकृत जयन्ती मल्लले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रमको संञ्चालन कार्यलयका नायव प्राविधिक सहायक विपिन खड्काले गर्नुभएको थियो ।


