निजि तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल प्युठानको दसौ साधारण सभा तथा सातौ जिल्ला अधिवेशन नया नेतृत्व चयन गर्दै सम्पन्न । आयुस्मा होटल जुमृमा सम्पन्न भएको अधिबेशनले दिपेन्द्र जिसिको नेतृत्वमा नया समिति गठन गरेको छ । जस्को उपाध्यक्ष जनकलाल रिजाल सचिब शरद गौतम कोषाध्यक्ष गोबिन्द प्रसाद सुवेदी र सदस्यहरु केशबराज भण्डारी , होतराज घिमिरे , प्रेम भुसाल , लक्ष्मिराम श्रेष्ठ र भगवता ठेणि रहेका छन ।कार्यक्रममा प्रमुख अतिथि प्याब्सनका महासचिब आरबि कटुवालले निजि लगानिका बोर्डिङले अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिनु पर्ने बताएका छन । हामी बालबालिकाले के सिक्न चाहान्छ उस्को मनोभावना बुझेर बालबालिका मैत्री ढङ्गले सिकाउनु पर्छ उनले भने । निजि क्षत्रमा हरेक चुनौती रहेकाले यकअर्काबिच हातेमालो गरेर अगाडि बढ्नु पर्ने बताए ।
कार्यक्रममा केन्द्रीय सचिब यादब गिरिले निजि स्कुलले सचेतताका साथ अगाडि बढ्नु पर्ने बताए । गिरिले प्याब्सनले शुल्क निर्धारण , छात्रवृत्ति प्रबधिको उच्चतम प्रयोग गरि नया अभ्यासका साथ समुदायको बिश्वास जित्नु पर्ने बताएका छन । लुम्बिनी प्रदेश प्याब्सनका अध्यक्ष लालहरि पाण्डेले बालबालिकाको आचरण , व्यवहार , सस्कृति र शृजनसिलतामा जोड दिएका छन ।
पाण्डेले सरकारले शिक्षा सम्बन्धि ऐनले निजि बिधालयलाइ अप्ठ्यारो पार्ने भन्दै सबै सचेत बन्नु पर्ने बताएका छन ।कार्यक्रममा प्युठान नगरपालिकाका उपमेयर देबेन्द्र बर्माले निजि बिधालयको पनि सुस्म अध्ययन गरिरहेकोले छात्रवृत्ति , अनुसासन दण्ड जस्ता बिषयमा सचेत बनाएका छन । अधिबेशनमा एसइइ २०८० मा सर्बोकृष्ट अङ्क ल्याउने बिधार्थिलाइ सम्मान तथा पुरस्कृत गरिएको थियो ।

