प्यूठान । प्यूठान नगरपालिकाले सडक क्षेत्र मिचेर बनाएका अस्थायी भौतिक संरचना हटाउन थालेको छ । नगरपालिकाले मंगलबार प्यूठान नगरपालिका ८ बाग्दुलामा सडक क्षेत्र मिचेर बनाएका अस्थायी भौतिक संरचना हटाएको नगरपालिकाले बताएको छ । अब्यबस्थित रुपमा सडक क्षेत्र मिचेर संरचना निर्माण गर्दा सडक दुर्घटनाका साथै बजार क्षेत्र अब्यबस्थित बन्दै गएपछि नगरपालिकाले ती संरचना हटाउन थालेको हो । नगरपालिकाले सडक क्षेत्र ओगटे निर्माणका संरचना हटाउने बहस चलेपनि ब्यबसायी तथा स्थानीयबासीको अबरोधका कारण संरचना हटाउने सकेको थिएन ।

