प्युठान । प्युठानको नौबहिनी गाउँपालिकाले बिद्यालयमा नियमित पठनपाठन गराउन आग्रह गरेको छ । सरकारले आजदेखि तीन दिनसम्म वर्षाजन्य प्रकोपका कारण विद्यालय भवनमा क्षति भएको, विद्यार्थी तथा अभिभावक बाढी पहिरोको चपेटामा परेको र यातायात सेवा पनि अवरुद्ध भएको भन्दै विद्यालयमा बिदा दिन पालिकाहरुलाई अनुरोध गरे पनि पालिकामा वर्षाजन्य प्रकोपको असर नदेखिएको गाउँपालिकाले जनाएको छ ।
शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालयले ३ दिन बिद्यालय बन्द गर्न स्थानिय तहलाई अनुरोध गरे पनि नौबहिनी गाउँपालिकामा वर्षाजन्य प्रकोपको कुनै असर र प्रभाब नपरेकाले गाउँपालिका भित्रका सबै विद्यालयहरुलाई बन्द नगरि यथावत रुपमा विद्यालय संचालन गर्न बिद्यालययका प्रधानाध्यापकहरुलाई आग्रह गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवराज पौडेलले जानकारी दिए ।
हिजो कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको विपदसम्बन्धी आकश्मिक बैठकपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना निकालेर तीन दिन विद्यालय बिदा गर्न पालिकाहरुलाई अनुरोध गरेको हो ।

