प्यूठान । झिमरुक गाउँपालिका पहुँच मार्गको ठेक्का खुल्ने भएको छ । पालिका पहुँच मार्ग अन्तर्गत बाग्दुला मच्छी सडक खण्डको ५ करोडमा ठेक्का खुल्न लागेको लुम्बिनी प्रदेशका शहरी बिकास तथा खानेपानी मन्त्री सरोज थापाले बताएका छन् ।
आलम देवी मन्दिर गडीकोटको दर्शन गर्न पुगेका मन्त्री थापाले केहि महिनामा बहुबर्षिय योजना अन्तर्गत ठेक्का खुल्न लागेको बताएका हुन् । जिल्लाको सबैभन्दा ब्यस्त सडक अन्तर्गत पर्ने भएपनि लामो समयदेखि सडक उस्तै रहेको र अब कालोपत्रे सहित स्तरोन्नती हुने बताए हुन् ।
‘बहुबर्षिय योजना अन्तर्गत सडकको ५ करोडको ठेक्का खुल्छ’ उनले भने,‘यो सडक स्तरोन्नतीका लागी यस बर्ष ७५ लाख विनियोजन भएको छ, काम छिट्टै सुरु हुन्छ ।’ यो सडक भारतीय एक्जिम बैंकको सहुलियत ऋणमा निर्माण गर्ने भनिएको थियो । तर अहिले निर्माण गर्ने सम्भावना नदेखिएपछि सरकारले आफैं सडक निर्माण कार्य अगाडी बढाएको मन्त्री थापाको भनाई छ ।

