रविन विश्वकर्मा,प्यूठान ।
मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले खाना महोत्सवले मल्लरानीको पर्यटन प्रवद्र्धनमा ठुलो टेवा पुगेको बताउनुभयो । अध्यक्ष खड्काले नयाँ बर्ष २०८१ सालको अवसरमा आयोजित मल्लरानी दोस्रोे खाना महोत्सब (फुड फेस्टिबल)को समापन कार्यक्रमा बोल्दै यस्तो बताउनुभएको हो । महोत्सबले गाउँपालिका भित्रको स्थानिय पर्यटन प्रवद्र्धन गर्नुका साथै आयआर्जमा समेत सहयोग पुगेको बताउनुभयो । मगर,नेवार,गुरुङ लगायत अन्य विभिन्न समुदायका ब्यक्तिहरुले जातीय विशेष स्थानिय मौलिक परिकार,सीप प्रर्दशन गरी आय आर्जन गरेको बताउनुभयो । अध्यक्ष खड्काले गाउँपालिकाले पालिकाका भित्रका प्रमुख तथा पर्यटकी स्थलहरुको पहिचान गरी पर्यटन प्रवद्र्धन गर्न लागि परेको बताउदै समय समयमा यस्ता मेला महोत्सवहरु आयोजना गर्न आवश्यक हरेको बताउनुभयो ।
त्यस्तै गाउँपालिकाका उपाध्यक्ष रमेश कुमार श्रेष्ठले देशको अर्थतन्त्र चलायमान नभएको अवस्थामा मल्लरानी पर्यटन प्रवद्र्धनका लागि आयेजना गरिएको खाना महोत्सबले मल्लरानी गाउँपालिका भित्रको अर्थतन्त्रलाई चलाएमान गराएको बताउनुभयो । महोत्सबमा प्रस्तुत गरिएका बिभिन्न झाँकि,लाखे,मारुनी,सराँय नाच,बिभिन्न समुदायका जातिविशेष खानाका परिकारले जातिय पहिचानलाई जोगाएको बताउनुभयो ।
प्यूठान उद्योग बाणिज्य संघ मल्लरानी बजार इलाकाका अध्यक्ष बासु प्रसाद श्रेष्ठले मल्लरानीमा पर्यटनको प्रचुर संम्भावना रहेकाले यस क्षेत्रको पर्यटन प्रबद्र्धनमा जुटन सबैलाई आग्रह गर्नुभयो । मल्लरानी गाउँपालिका ४ स्थित प्रमुख पर्यटकीय स्थल मल्लरानीको पर्यटन प्रबद्र्धन तथा नेपाली मौलिक खानालाई प्रबद्र्धन गर्न आयोजना गरिएको खाना महोत्सव भव्य एवम् सभ्य रुपमा सम्पन्न भएको बताउनुभयो । प्यूठान उद्योग बाणिज्य संघ मल्लरानी बजार इलाकाको आयोजनामा २०८० चैत ३० गतेदेखि सुरुभएको खाना महोत्सव बैशाख २ गते सम्म संञ्चालन भएको हो ।

