प्यूठान — नौबहिनी गाउँपालिका–८ फोप्लिकाका कुर्झेनी, चारिवाङ, पुर्णागाउँ, अधेरी स्युजा, पातलकटेरी, भेडीखोर, तिमिले र गोजवाङका स्थानीयले विद्युत् पुगेको सात वर्षपछि मात्रै उज्यालो पाएका छन्।
फोप्लिकाका धेरै बस्तिहरूमा विद्युतिकरण भए पनि लामो दूरीबाट लाइन तानिएको र एउटै ट्रान्सफर्मरबाट धेरै घरमा वितरण गरिएकाले बत्ती बल्दैनथ्यो, झिलिमिली हुन्थ्यो र मोबाइल चार्ज गर्न समेत मुस्किल हुने समस्या थियो।
स्थानीयको समस्या समाधान गर्न हाल खैरापुखामा १०० केभीएको ट्रान्सफर्मर जडान गरेपछि बल्ल बत्ती बल्न थालेको वडा अध्यक्ष मानबहादुर केसीले बताए।
नौबहिनी–८ फोप्लिका अब पूर्ण रूपमा विद्युतिकरण भएको छ।

