प्यूठान । प्यूठान नगरपालिकाले बजारमा सडक क्षेत्र ओगटेर बनाइएका अस्थायी संरचना हटाउन थालेको छ ।
नगरपालिकाले मंगलबार (आज) बाग्दुला उपल्लो चोकमा सडक क्षेत्र ओगटेर निर्माण गरिएको अस्थायी संरचनामा डोजर लगाएर भत्काएको छ । बजार क्षेत्रमा ब्यापारीले सडक क्षेत्रमा आवातजावत गर्न नसक्ने गरी सडक क्षेत्र ओगटेपछि त्यसलाई हटाएको प्यूठान नगरपालिकाका उपमेयर देबेन्द्र बर्माले जानकारी दिए । ‘ब्यापारी अनाधिकृत रुपमा सडक क्षेत्र ओगटेका संरचनाले बजार क्षेत्र अस्तब्यस्त बनेपछि हामीले हटाउन थालेका हौँ’ बर्माले भने ।



