शिव राज खनाल
दाङ
सडकको बिजोग अबस्था तेहि माथी ओभरलोड, तिब्रगती र सवारी चालकको लापरबाहीले दैनिक रुपमा थुप्रै दुर्घटना भैरहेका छन कतिले ज्यान गुमाउनुपरेको छ भने कति अंग भंग हुनुपरेको छ । दिनानुदिन देशका लामा तथा छोटा दुरिका सडक असुरक्षित बन्दै गइरहेका बेला दाङमा भने दुर्घटना न्यूनीकरण र ओभरलोड नियन्त्रणका लागी संयुक्त अनुगमनको थालनी गरिएको छ ।
अनुगमनको क्रममा नेपालका विभिन्न भन्सार नाका हुँदै नेपाल भित्रिने अधिकांश भारतीय मालबाहक ट्रकले भारबाहन क्षमता भन्दा दोब्बर लोड बोकेर सडकमा निर्बाध रुपमा दौडिरहेको पाइएको छ ।
यातायात व्यवस्था विभागले नेपाली नम्बर प्लेटका सवारी चक्काको आधारमा १२ चक्के ट्रकको अधिकतम भारबाहन क्षमता २१ टन कायम गरिएको छ तर नाकाबाट नेपाल भित्रिने अधिकांश भारतीय नम्बरका १२ चक्के मालवाहक ट्रकले ४० टनभन्दा बढी लोड गरेको अनुगमनका क्रममा पाइएको हो । तेसैको सिको गर्दै नेपाली नम्बर पिलेटका फाट्टफुट्ट ट्रक पनि ओभरलोड बोकेर जोखिम पुर्ण यात्रा गरिरहेको पाइएको छ । ओभोर लोड बोकेको सवारी साधन लाई कार्बाहीको दायरामा ल्याउन निगरानी गरिरहेको जिल्ला प्रसासन कार्यलय दाङका प्रमुख रामबन्धु सुवेदीले बताए । “ट्राफिक नियमको उल्लंघन गर्दै ओभरलोड तथा भवरलोड गरी ओसारपसार गरेका सवारी साधनलाई नियन्त्रणमा लिई कारबाहीका लागि हामीले आज छडके चेकजाँच गरेका छौ , तेस्ता सवारी साधनलाई कार्बाहीको दायरामा ल्याउन निगरानी गरिरहेका छौ ” – सुबेदीले भने ।
तेस्तै अनुगमनका क्रममा ओभरलोड बोकेका मालबाहक सवारी साधन भेटिएमा ट्राफिकले यातायात ब्यबस्था कार्यलयमा पठाएको खण्डमा नियमानुसार कार्बाही गरिने यातायात ब्यबस्था कार्यलय तुलसीपुरका कार्यलय प्रमुख रमेश गौतमले बताए ।
भारबाहन क्षमताभन्दा दोब्बर लोड गरी नेपाल भित्रिएको भारतीय मालवाहक ट्रकले राजश्व समेत छल्ने गरेको पाइएको छ । जिल्ला ट्राफिक कार्यलय दाङका प्रमुख किरण प्रकाश मल्लका ट्राफिक नियमको उलंघन गर्न कसैलाई छुट नभएको बताए
राप्ती अंचल संयुक्त ट्रक व्यवसायि समिती,यातायात ब्यबस्था कार्यालय तुलसीपुर,जिल्ला ट्राफिक कार्यालय घोराही दाङ जिल्ला प्रसासन कार्यलय दाङ सहितको संयुक्त टोलिले पूर्व पश्चीम राजमार्गमा ओभरलोड र रातो नंबर प्लेटका सवारीसाधारण हरु भाड़ाको रुपमा प्रयोग गरीएको छ या छैन भनी आईतबार संयुक्त रुपमा अनुगमन गरेको थियो । अनुगमनको क्रममा राप्ती अन्चल संयुक्त ट्रक व्यावसायि समितिका अध्यक्ष रत्न प्रसाद श्रेष्ठले ओभरलोडका कारण भारतीय नम्बर प्लेटका मालबाहक सवारी साधनले आफ्नो भारवान क्षेमता भन्दा बढी बोकिदिदा नेपाली ट्रक व्यावसायि टाट पल्टने अबस्थामा पुगेको बताए ।
ओभरलोड भएर आएका भारतीय मालवाहक सवारी साधनलाई भने यो व्यबस्थाले छुन नसकेको नेपाली मालवाहक यातायात व्यबसायीहरुको भनाइ छ ।
ओभरलोडका कारण राजस्व छलि मात्र नभई सडक समेत भार थेग्न नसकी कालोपत्रे उप्कने र खाल्डाखुल्डि हुने र दुर्घटनाको उच्च जोखिम हुने गरेको छ ।

