काठमाडौं। नेपाली सेना डोल्पाको नन्द बक्सका गुल्मपति सम्पर्कविहीन भएका छन्। डोल्पा सदरमुकाम दुनैमा रहेको नन्द बकस गुल्मका प्रमुख विमल पण्डित सम्पर्कविहीन भएका हुन्।
पण्डित आइतबार साँझदेखि सम्पर्कमा नरहेको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ।
अहिले नेपाल प्रहरीको डिएसपीको कमान्डमा पण्डितको खोजी भइरहेको छ।

