प्यूठान । राष्ट्रिय युवा संघ नेपाल प्यूठानले रक्त संचार केन्द्र प्यूठानको ब्यबस्थापनमा जिल्ला अस्पतालमा शनिवार रक्तदान कार्यक्रम गरेको छ ।
बार्षिक कार्ययोजना र केन्द्रिय कमिटीको निर्देशन अनुसार कार्यक्रम सम्पन्न गरिएको युवा संघ प्यूठानका अध्यक्ष महेश पाण्डेले बताए । अस्पतालमा हुने उपचारमा रगत उपलब्धता सहजताको लागि रक्तदान कार्यक्रम आयोजना गरिएको उनले बताए ।
लुम्बिनी प्रदेश सभा सदस्य तुल्सीराम शर्माको प्रमुख आतिथ्यता, जिल्ला अध्यक्ष पाण्डेको अध्यक्षतामा औपचारिक कार्यक्रमको संचालन जिल्ला सचिव सिताराम भट्टराईले गरेका थियो ।
कार्यक्रमको अवसरमा युवाहरुले रक्तदान गरेका छ्न ।

