प्यूठान । वर्षात अघि नै सम्भावित क्षती रोक्न भुसबाङ खोलामा आउने वाढि रोक्न कार्य अगाडि वढाएको छ । भुसबाङ खोलामा आउने सक्ने बाढी पहिरोलाई रोक्न प्यूठान नगरपालिकाले तटबन्धको कामलाई तिब्र बनाएको हो । यस बर्ष पनि खोलामा ठुलो पहिरो आउने जोखिम रहेको भन्दै त्यसलाई रोक्न प्यूठान नगरपालिका तटबन्धनको काम तिब्र बनाएको हो ।
पालिकाले बर्षातको समय सुरु हुनु अगाबै प्यूठान नगरपालिका वडा नं. ९ र १० को भुसबाङ खोलामा तटबन्धनको काम सक्ने गरी निर्माणको काम अगाडी बनाएको हो । प्यूठान नगरपालिकाले संघ र प्रदेश सरकारसंग पनि भुसवाङ पहिरो रोकथामका लागि आवश्यक वजेट विनियोजन गर्न रकम मागका लागि पत्राचार, भेटघाट र दबाब दिइरहेको नगरप्रमुख विष्णु बहादुर योगीले जानकारी दिएका छन् ।
‘यो पहिरो नियन्त्रण गर्ने पालिकाको एक्लैले सक्दैन,यसका लागी धेरै ठुलो बजेट आबश्यक पर्छ’ उनले भने,‘यसको दीगो ब्यबस्थापन गर्नका लागी संघ र प्रदेश सरकारलाई आग्रह गरिरहेका छौँ ।’
बर्षेनी खोलाले गर्ने कटानलाई नियन्त्रण गरी मरन्ठाना तथा बुढादेबीको बस्तीलाई सुरक्षित गर्न काम भइरहेको छ । भने नगरपालिकाको पटक पटकको दवाबपछि उर्जा,जलस्रोत तथा सिंचाइ मन्त्रालयले पहिरो तथा कटान नियन्त्रण ५० लाखको लगातमा काम अगाडी बढाएका छ । खोलामा आउने बाढि पहिरोले बगाएर ल्याएको ढुङ्गा र माटोलाई चेक ड्याम निर्माण गरी रोक्ने योजना रहेको प्यूठान नगरपालिकाका उपमेयर देवेन्द्र बर्माले बताए ।
संघिय कार्यक्रम अन्र्तगत मल्लरानी डाँडो हुँदै ठूलो सडक निर्माण गर्दा पालिकालाई जोखिमको बारेमा जानकारी नगराई कार्य अगाडि वढाएपछि २ वर्ष अगाडि देखि उक्त क्षेत्रमा बाढिले क्षती गरेको हो । हालसम्म उक्त क्षेत्रको बाढि तथा जोखिम न्यूनिकरण गर्न प्यूठान नगरपालिकाले करिव एक करोड लगानी गरिसकेको छ । ‘यस क्षेत्रमा प्यूठान नगरपालिकाले ठुलो बजेट खर्च गरिसकेको छ तर पनि बाढी नियन्त्रण गर्न सकिएका छैनौँ, नियन्त्रण गर्न हामीले बिभिन्न प्रयास गरेका छौँ’ उनले भने,‘हामीले संघ सरकारलाई दबाव दिएपछि उर्जा,जलस्रोत तथा सिंचाइ मन्त्रालयले पहिरो तथा कटान नियन्त्रण ५० लाख बजेट छुट्टाएर काम अगाडी बढाएको छ ।’
तटबन्धन निर्माण कार्यले खोला आसपासका क्षेत्र सुरक्षित रहने अपेक्षा स्थानीयको छ । गत २ बर्षसम्म मरन्ठाना र बुढादेबीबासीले भोग्दै आएको समस्या तटबन्ध निर्माणसँगै हल हुने आशा गरेको स्थानीयबासी बताउँछन् ।
गत बर्ष भुसबाङ खोलामा वाढी आउदा कृषि लगायतका क्षेत्रमा ठुलो क्षति पु¥यायो । मल्लरानी, चुजा, अर्घाखाँची जोड्ने सडक निर्माणका क्रममा माटो ढुङ्गा जथाभाबी फाल्दा बस्तीमाथीबाट लेदोसहितको बाढी आउदा बस्ती नै जोखिममा प¥यो । वर्षायाममा भुसबाङले बर्सेनि जमिन कटान गर्दै आएकामा तटबन्ध कार्यक्रमले कटान तथा रोकथाम नियन्त्रणमा सहयोग पुगेको छ ।

