प्यूठान । जन्मदिनको उपलक्ष्यमा माण्डवी गाउँपालिकाका उपाध्यक्ष पूर्णप्रसाद कालाथोकीले अपांगता भएका बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरेका छन् । कालाथोकीले जन्मदिनको अबसरमा माण्डवी गाउँपालिकाका बिभिन्न बिद्यालयमा अध्ययनरत २५ जना अपांग बिद्यार्थीलाई कलम, कापी, झोला लगायतका शैक्षिक सामाग्री बितरण गरेका हुन् । जन्मदिनमा फजुल खर्च नगरी बिद्यार्थीलाई शैक्षिक सामाग्री दिएको कालाथोकीले बताए । ‘जन्मदिनमा हुने खर्चलाई कटाएर अपांगता भएका बिद्यार्थीलाई शैक्षिक सामाग्री दिएको हुँ’ उनले भने,‘जसले उनीहरुलाई अध्ययनमा थप सहयोग हुनेछ ।’

