प्यूठान । प्यूठान नगरपालिकाले तीन वर्षको अवधिमा ३९ दशमलव ५३५ किलोमिटर सडक निर्माण गरेको जनाएको छ । नगरपालिकाले बुधबार पत्रकार भेटघाट कार्यक्रम गरी चालु आर्थिक वर्ष २०७९र०८० देखि २०८१र०८२ सम्मको प्रगति विवरण सार्वजनिक गरेको हो ।
नगरपालिकाका अनुसार “एक वडा, एक कालोपत्रे सडक” अभियानअन्तर्गत ५ दशमलव ०८४ किलोमिटर सडक कालोपत्रे गरिएको छ । त्यसैगरी १ दशमलव ६५१ किलोमिटर सडक ढलान र १५ किलोमिटर सडक ग्राभेल गरिएको छ । साथै २१ दशमलव ७५३ किलोमिटर सडक स्तरोन्नति गरिएको र १० दशमलव ६०० किलोमिटर नयाँ ट्र्याक खोलिएको जानकारी दिइएको छ ।
प्रदेश र केन्द्र सरकारले दिने अनुदान रकम वर्षेनी घट्दै गएकाले योजना अनुसार सडक कालोपत्रे गर्न नसकेको नगरप्रमुख विष्णु बहादुर योगीले बताए । उनले भने, “स्थानीय सरकारको क्षमता अनुसार काम गरिरहेका छौँ । पाँच वर्षे कार्यकालमा १० वटै वडाका मुख्य सडकहरू कालोपत्रे गर्ने लक्ष्य लिएका छौँ ।”

