प्यूठान । माण्डवी गाउँपालिका वडा नं. ३ ले वडाका जनप्रतिनिधि, सरकारी कर्मचारी र सामुदायिक विद्यालयका शिक्षकले अनिवार्य रुपमा आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको छ ।
कार्यालयले सुचना जारी गर्दै जनप्रतिनीधी, सरकारी कर्मचारी र सामुदायिक बिद्यालयका शिक्षकले अनिवार्य रुपमा सामुदायिक बिद्यालयमा पठनपठन गराउनुपर्ने बताएको छ । पछिल्लो समय सामुदायिक बिद्यालयप्रति नागरिकको बिश्वास कम हुदैँ गएको र शैक्षिक गुणस्तरबृद्धि गर्न वडाले यस्तो निर्णय गरेको वडा अध्यक्ष धनेन्द्र कार्कीले बताए । वडाका जनप्रतिनिधि, सरकारी कर्मचारी र सामुदायिक विद्यालयका शिक्षकले आफ्ना बालबालिकालाई सामुदायिक बिद्यालयमा पठनपाठन नगराए वडाबाट उपलब्ध गराउने सेवा सुबिधाबाट बञ्चित गर्ने वडा अध्यक्षले बताएका छन् ।

