प्यूठान । प्यूठान नगरपालिकाले शैक्षिक शत्र २०८२ देखि स्थानीय पाठ्यक्रम लागु गर्ने भएको छ । पालिकाले कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागु गर्न लागेको हो । नगरपालिकाले ‘हाम्रो प्यूठान नगरपालिका’ नामक स्थानीय पाठ्यक्रम लागु गर्न लागेको प्यूठान नगरपालिकाका मेयर बिष्णु बहादुर योगीले समाचार स्पेशलाई जानकारी दिए ।
स्थानीय पाठ्यक्रममा के कस्ता बिषयबस्तु समेट्ने भन्ने बिषयमा प्यूठान नगरपालिकाका सरोकारवालासगँ शनिबार छलफल समेत गरेको छ । शनिवार प्रारम्भिक मस्यौदा उपर सुझाब संकलन गरेको प्यूठान नगरपालिका शिक्षा शाखाले जनाएको छ । पाठ्यक्रममा प्यूठान नगरपालिका भित्रको भौगोलिक अवस्था, जातजाति विशेष चार्डपर्व तथा पोशाकहरु, ऐतिहासिक स्थलहरु, धार्मिक तथा पर्यटकीय स्थलहरु लगायतका महत्वपूर्ण विषयहरु समेटेर स्थानीय पाठ्यक्रम ल्याउन थालिएको हो ।
अहिले पाठ्यक्रमको मस्यौदा तयार भइसकेको र सुझाव संकलनको प्रक्रिया सकेर पाठ्यक्रम तयार गरिने शिक्षा शाखा प्रमुख बाशुदेब पण्डितले बताए ।

