समाचार स्पेश,प्युठान । प्रतिनिधि सभा सदस्य सुर्य थापाले नेपालकाे राजनितीक परिवर्तनमा प्युठानकाे आर्य समाजले महत्त्वपूर्ण याेग्दान पुर्याएकाे बताएका छन । सहिद स्मृति दिवशका अबसरमा सहिद पार्क ब्यबस्थापन समितिले आयाेजना गरेकाे कार्यक्रममा १९९७ सालतिर प्युठानका अग्रज काे सम्झना गर्दै सहिद स्मारक पार्कमा सिर झुकायर उहाहरुकाे सपना पूरा गर्ने पर्तिबद्दता ब्यक्त गरेका छन ।
राष्ट्रिय भावनाका लागि आहुति दिने प्युठानी टङ्क प्रसाद आचार्य , उमेशचन्द्र थापा, मित्रमणि आचार्य , कृष्णसेन इच्छुककाे स्मरण गरेका थिए ।
प्युठानमा स्थापना गरेकाे सहिद पार्कले पर्यटन बिकासमा समेत ध्यान दिनु पर्ने , आत्मनिर्भर हुन समेत सुझाब दिएका थिय । ऐतिहासिक रुपमा सचेत जिल्ला प्युठानमा जन्मिएर आहुति दिने सहिदहरुकाे समेत स्टाचु निर्माण गर्न बजेटकाे ब्यबस्थापन गर्ने बताएका छन । पार्कमा अध्ययनका लागि ब्यबस्थित पुस्तकालय निर्माण गर्न आबश्यक रहेकाे बताएका छन ।
कार्यक्रममा लुम्बिनी प्रदेश का पुर्ब मन्त्री तुल्सिराम शर्माले सहिदहरुकाे सम्मान गर्दै राजनिती रुपमा प्राप्त उपलब्धि सस्थागत गर्न जरुरी रहेकाे बताएका छन ।
सहिद स्मृति पार्क निर्माण तथा ब्यबस्थापन समितिका अध्यक्ष ज्ञामुराम नेउपानेकाे अध्यक्षतामा भएको कार्यक्रम झबिन्द्र शर्माले सन्चालन गरेका थिए।

