प्युठान । प्युठानमा वन डडेलो तथा आगलागी नियन्त्रण प्रतिकार्य” सम्बन्धी संयुक्त अभ्यास गरिएको छ । जिल्ला सुरक्षा समिति प्युठानको आयोजना, प्युठान नगरपालिकाको सहयोग र सहकार्यमा सोमबार प्यूठान नगरपालिका–७ स्थित टिकुरीमा नमुना अभ्यास गरिएको हो ।
वन डडेलो तथा आगलागी कसरी हुन्छ, घर, गोठ, बन, जङगल, ग्यास तथा रेगुलेटरमा आगो लागी भएमा कसरी नियन्त्रण गर्ने, सुरुवाती अवस्थामा कुन साधन प्रयोग गरी नियन्त्रणमा लिने, आगोमा परी मृत्यु तथा घाईते भएकाहरुको उद्धार, उपचार पद्धति, बिस्थापित परिवारलाई कसरी पुर्नःस्थापित तथा राहत वितरण गर्ने लगाएतका बिषयमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मीले नमुना अभ्यास गरेका थिए ।
कार्यक्रममा बोल्दै प्यूठान नगरपालिकाका प्रमुख बिष्णु बहादुर योगीले आगलागीको जोखिम कम गर्न सचेतना कार्यक्रमलाई जोड दिए । जिल्लामा आगोलागीको घटना धेरै हुने र त्यसलाई नियन्त्रण गर्न सक्ने अवस्था हुदांहुदै पनि नागरिकलाई आगो नियन्त्रणबारे प्रर्याप्त जानकारी नहुदा क्षति ब्यहोर्नु परेको योगीको भनाई छ । सामान्य गल्ती तथा हेलचेक्रयाईले ठुलो मात्रामा जनधजको क्षति भइरहेको उल्लेख गदै आगोलागी नियन्त्रण, कानुनी सचेतनालाई ब्यापक बनाउनुपर्ने बताए ।
प्रमुख जिल्ला अधिकारी रमा आचार्यले आगलागीका घटना रोक्नका लागि सबै सचेत हुनुपर्ने बताइन् ।

