प्यूठान । नेपाल बिद्यार्थी संघ प्यूठानले एक सामुदायिक बिद्यालयमा शैक्षिक सामाग्री बितरण गरेको छ ।
संघले झिमरुक गाउँपालिका ६ चिसाबाङको चिरायू मा.बि.मा कक्षा १० मा अध्ययरत २३ जना बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरेको नेपाल बिद्यार्थी संघ प्यूठानका अध्यक्ष कल्याण बिक्रम केसीले बताए । ‘हामीले सामाजिक उत्तरदायित्व अन्तगर्त एसईईको तयारी गरिरहेका बिद्यार्थीलाई शैक्षिक सामाग्री दिएका हौँ’ उनले भने,‘यसले गर्दा बिद्यार्थीको एसईई तयारीमा सहज हुनेछ ।’
संघले टेन सेट, क्यालकुलेटर, स्टेशनरी लगायतका झण्डै १५ हजारको शैक्षिक सामाग्री बितरण गरेको अध्यक्ष केसीले बताए ।


