सागर रिजाल बरौंला,प्यूठान । ट्याक्टर दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ । भने अर्का एक जना घाइते भएका छन् । प्यूठानको ऐरावती गाउँपालिका ५ गोठिबाङबाट ढुंगा लोड गरी मल्लरानी गाउँपालिका ३ चौरपानीतर्फ आउँदै गरेको रा १ त ४४४५ नंम्बरको ट्याक्टर ऐरावती गाउँपालिका ५ बाली बिसौनामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ ।
दुर्घटनामा परि ऐरावती गाउँपालिका २ का २७ बर्षिय बिजय नेपालीलाई उपचारका प्यूठान अस्पतालमा ल्याउदै गर्दा मृत्यु भएको हो । भने सोही ठाउँका ट्याक्टर चालक २६ बर्षिय शान्त बहादुर रावत घाइते भएका छन् ।
उनलाई थप उपचारका लागी बुटवल रिफर गरिएको प्यूठान प्रहरीले जनाएको छ । ट्याक्टर सडकबाट अन्दाजी २० मिटर तल खसेको छ । ओभरलोडका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । यस बारे बिस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

