प्यूठान । प्रदेश निजामती ऐन र स्थानीय तह निजामती ऐन लगायतको ऐन कानुन निर्माणमा भुमीका खेलेको भन्दै लुम्बिनी प्रदेशका सांसद निमा गिरीलाई निजामती कर्मचारी युनियन प्यूठानले सम्मान गरेको छ ।
निजामती कर्मचारी युनियन प्यूठानको ९ औं जिल्ला अधिबेशनको अबसरमा सांसद गिरीलाई सम्मान गरेको हो ।
प्रदेशमा नीतिमा सुधारका साथै कार्यानवयनमा गिरीले उत्कृष्ट काम गरेको भन्दै सम्मान गरेको हो । सोही अबसरमा संस्थापक अध्यक्ष टेक बहादुर डाँगी, पुर्ब अध्यक्ष अर्जुन कुमार कक्षपति र नारायण पोख्रेल लगातय सेवा निर्बित भएका कर्मचारीलाई सम्मान गरिएको छ ।

