समाचार स्पेश,प्युठान ।नेपाली काङ्ग्रेस प्युठान नगरपालिकाकाे दाश्राे नगर सम्मेलन हाेटल आयुस्मामा सम्पन्न भएको छ । नेपाली काङ्ग्रेस केन्द्रीय कार्यक्रम अन्तर्गत सन्चालन भएको १०० दिने अभियानकाे अबसरमा नगरस्तरिय सम्मेलन अाज सम्पन्न भएको हाे । कार्यक्रममा प्रमुख अतिथि समेत रहेका लुम्बिनी प्रदेश शहरि बिकास तथा खानेपानि मन्त्री सराेज थापा ( राेज राणा ) ले जिल्लाकाे बिकासका लागि आफु मन्त्री भएको भन्दै आफ्नाे कार्यकालमा जिल्लाकाे बिकासले मुहार फेर्ने दाबि गरेका छन । आफु नेतामुखि नभइ जनतामुखि भएकोले जनताका समस्यासङ्ग सङ्गै रहने बताएका छन । मन्त्री थापाले जिल्लामा देखिनेगरि सडक, पुर्बाधार र खानेपानिमा काम गर्ने बताएका छन ।
कार्यक्रम सम्बाेधन गर्दै थापाले कार्यकर्ता गुठगत राजनितीमा नलाग्न आग्रह गर्दै पाटिलाइ यक ढिक्का बनाउदै जनताका समस्या समाधानमा लाग्नु पर्ने बताएका छन । आफु पहिलो कार्यकालमा मन्त्री हुदा बाग्दुला बाहाने स्याउलिवाङ सडकका लागि समपुरक याेजना पारेकाे स्मरण गर्दै बाग्दुला मच्छि सडक आफु मन्त्री भएको समयमा नै कालेपत्रे बनाउने प्रतिबद्धता ब्यक्त गरेका छन ।
कार्यक्रममा बाेल्ने नेताहरुले गुटगत राजनिती त्यागी पाटिमा काम गर्न आग्रह गरेका छन । नगर सभापति नेत्र केसिकाे अध्यक्षतामा भएको कार्यक्रममा नगरभित्रका नेताकार्यकर्ता सहभागी भएका थिए।


