प्यूठान । नेपाल सरकारले प्यूठानको ऐतिहाँसीक भित्रीकोट दरबार अंकित हुलाक टिकट सार्बजनिक गरेको छ ।
सुचना तथा सञ्चारउक्तमन्त्री पृथ्वी सुब्बा गुरुङ सोमबार प्यूठान नगरपालिका ४ मा रहेको ऐतिहाँसीक भित्रीकोट दरबार अंकित टिकट टाँचा लगाई सार्बजनिक गरेका हुन् । उक्त टिकट सोमबारदेखि नै प्रचलनमा आएको हो । लामो समयमो अथक प्रयासबाट भित्रीकोटलाई हुलाक टिकटमा समाबेश गर्न सफल भएको प्यूठान नगरपालिकाका मेयर बिष्णु बहादुर योगीले समाचार स्पेशलाई बताए ।
नेपाल सरकारले यसमा समाबेश गरेसँगै यस दरबारको प्रचारप्रसारमा टेवा पुग्ने मेयर योगीले बताए ।

