प्यूठान । भौगोलिक हिसाबले दुर्गम मानिने गौमुखी गाउपालिकाले ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता वडाबाट बितरण गर्न थालेको छ ।
गाउपालिकाले यस अघि ठुलाबेशीस्थित एसबीआई बैंकबाट बितरण गरिदै आएको सामाजिक सुरक्षा भत्ता यस पटकदेखि वडाबाट बितरण गर्न थालिएको गाउपालिका अध्यक्ष बिष्णुकुमार गिरीले बताएका छन । पालिकाले पहिले देखिनै भत्ता बितरणको काम गाउँगाउँमा गर्न प्रयास गरेका थियो तर सुरक्षा र बैंकको ब्यबस्थापनका कारण केही समस्या र अहिले हामी पालिकाको समन्वयमा यसरी वडाबाट भत्ता बितरण गर्न थालेका पालिकाले जनाएको छ । यसले सामाजिक सुरक्षा भत्ता लिने बुबाआमाका लागि ठुलाबेशीसम्म जाने झन्झटबाट मुक्ति मिलेको गिरीको भनाई छ ।
यसरी घरछेउको वडा कार्यालयबाट भत्ता पाउँदा खुसि लागेको गौमुखी १ कि तनि बुढाले बताइन “हाम्रो सरकारले हामीलाई माया गरेर यहाँ सम्म आएको भन्दै खुसि ब्यक्त गरिन ।

