प्यूठान । प्यूठान नगरपालिकाले विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।
हिन्दु नेपालीको महान पर्व तिहार विपन्न परिवारले पनि मनाउन सकुन भन्ने उद्देश्य खाद्यान्न सहयोग बितरण गरेको प्यूठान नगरपालिकाका मेयर बिष्णु बहादुर योगीले समाचार स्पेशसगँ बताए । प्यूठान नगरपालिका ५ जुम्रीकाढाँ ठुलोगाउँका १५ बिपन्न परिवारलाई नुन, तेल, चिनी, दाल र चामल बितरण गरिएको मेयर योगीले बताए । आर्थिक अवस्था कमजोर भएकै कारण तिहार जस्तो महत्वपूर्ण चाड खल्लो नहोस भन्ने उद्वेश्यले खाद्यान्न सहयोग गरेको उनले बताए ।

