बेलायतकी एक नर्सलाई नवजात सात शिशुको हत्या अभियोगमा अदालतले दोषी ठहर गरेको छ।
गत अक्टोबरदेखि मुद्दा लडिरहेकी ३३ वर्षीया लुसी लेट्बीमाथि बिरामी वा समय नपुगी जन्मिएका शिशुलाई अनावश्यक ग्यास र इन्सुलिन दिएको र दूधको बढी मात्रा दिएको आरोप लगाइएको छ। उनलाई अन्य ६ शिशुको हत्या प्रयास गरेको पनि अभियोग लागेको छ।
उत्तरी इङ्ल्यान्डको म्यानचेस्टर क्राउन कोर्टको जुरीले २२ दिनसम्म चलेको सुनुवाइ र छलफलपछि अदालतले उनलाई दोषी ठहर गरेको हो। अब उनलाई आजीवन काराबासको सजाय हुन सक्ने अनुमान गरिएको छ।

