रविन विश्वकर्मा,प्यूठान । आजभोली जन्मदिन भन्ने बित्तिकै केक काटेर, तामझामका साथ खर्च गरेर मनाउने क्रम बढिरहेको छ । पछिल्लो समय होटल पार्टी प्यालेसहरुमा धेरै रकम खर्चेर जन्म दिन मनाउने प्रचलन बढ्दै गएको छ । तर समाजमा केही त्यस्ता उदाहरणीय पात्रहरु पनि छन् । जसले जन्म दिनको फजुल खर्च कटाएर समाजिक कार्यमा लगानी गरेका छन् ।
प्युठानको गौमुखि गाउँपालिकाका उपाध्यक्ष महाविर रानाले आफ्नो जन्म दिन दलित समुदायका बालबालिकासँग मनाएका छन् । उपाध्यक्ष रानाले गौमुखी गाउँपालिका वडा नं. ३ राम्दीखोर टोलका परियार समुदायका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेर जन्म दिन मनाएका हुन् । जन्मदिनको अवसरमा राम्दीखोर टोलका बालविकास देखि कक्षा ११ सम्म अध्ययन गर्ने ४४ जना दलित समुदायका बालबालिकालाई गाउँमै पुगेर २२ हजार बढिको कापी, कलम लगायतका शैक्षिक सामाग्री हस्तान्तरण गरेका छन् ।
आफ्नो ब्यक्तिगत फजुल खर्च कटाए बालबालिकाको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि पढाइमा केहि सहयोग पु¥याउने सामाजिक सेवाभावले सामाग्री वितरण गरेको रानाले बताए । अनावश्यक खर्च गरेर जन्मदिन मनाउनु भन्दा सामाजिक सेवा गर्नु उचित लागेर वितरण गरेको उनको भनाइ छ ।
सामग्री वितरण गदै उपाध्यक्ष रानाले जनप्रतिनिधि भैइसकेपछि सरकारले मासिक रुपमा प्रदान गर्ने सेवा सुविधाको प्रत्येक महिनाको १० प्रतिशत रकम राना महाविर फाउण्डेशन स्थापना गरेर कोषमा जम्मा गर्दै आएका छन् । कोषमा जम्मा भएको रकमबाट गाउँपालिकाका दुखि, गरिब, बिपन्न, अशक्त, असहाय तथा सहयोगको आवश्यकता भएका बस्ती तथा समुदायका नागरिकलाई खाद्यान्न,शैशिक सामाग्री वितरण गदै आएको उनको भनाई छ।
रानाले गत बर्ष गौमुखि गाउँपालिका ५ खुङका गन्र्धभ समुदाय, नारीकोटको भुमेकाथान आधारभुत बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शैशिक सामाग्री उपलब्ध गराएका थियो । जन्म दिनको अवसरमा आफ्नो बस्तीमा रहेका बालबालिकालाई लक्षित गरी बितरण गरेको शैक्षिक सामाग्रीले बालबालिकाको पढाईमा सहयोग पुग्ने भन्दै अभिभावकले धन्यवाद दिएका छन् ।

