प्यूठान । प्यूठानमा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ ।
ऐरावती गाउँपालिका ६ हरियाखोला नजिकै लु २७ प ९१३४ नं. को मोटरसाइकल दुर्घटना हुदाँ सोही ठाउँका २७ बर्षिय नवराज श्रेष्ठको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ ।
दुर्घटनामा परि घाइते भएका श्रेष्ठको उपचारको क्रममा जिल्ला अस्पताल प्यपूठानमा मृत्यु भएको हो । श्रेष्ठले चलाएको मोटरसाइकल अनियन्त्रीत हुदाँ दुर्घटनामा परेको प्रहरीले जनाएको छ । रातीको समय भएको र तिब्र गतिका कारण मोटरसाइकल नियन्त्रण बाहिर जादाँ दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

