प्युठान । गत कार्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भुकम्प पिडितलाई प्यूठान उद्योग बाणिज्य संघले आर्थिक सहयोग गरेको छ । शुक्रबार प्यूठानका प्रमुख जिल्ला अधिकारी मदन कोईराला समक्ष ६७ हजार ५ सय ९५ रुपैया बराबरको चेक हस्तान्तरण गरेको हो । संघका पुर्व अध्यक्ष ईमानशिहं भारती, कार्यकारी निर्देशक प्रकास खनाल सहितको उपस्थितीमा सहयोग रकम हस्तान्तरण गरिएको सघंका कार्यकारी निर्देशक प्रकास खनालले जानकारी दिनुभयो । प्रधानमन्त्री दैबिक प्रकोप उद्धार कोषमा जम्मा हुनेगरी चेक हस्तान्तरण गरिएको हो ।
हस्तान्तरिक आर्थिक सहयोग ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी मदन कोईरालाले सरकारले सुरु गरेको सहयोगमा सबैको हातेमालो आबश्यह रहेको बताउनु भयो । सबैको पहलमा भुकम्पबाट घरबार बिहिन पिडितको पुनंःस्थापनामा सहयोग पुग्ने बताउनु भयो ।

