प्युठान । प्युठानकाे ऐरावती गाउँपालिकाले कार्तिक १ गते पालिकाभर सार्वजनिक विदा दिएको छ । बडा दशैकाे अन्तिमदिन काेजाग्रत पुर्णिामाकाे दिन पालिकाभर स्थानीय पर्वकाे रुपमा सार्वजनिक विदा दिने निर्णय भएको गाउँपालिकाका अध्यक्ष नविल बिक्रम शाहले जानकारी दिए ।
गाउँपालिकाले पुर्णिामाकाे दिन गाउँपालिकाभर सबै सरकारी कार्यालय,शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा चाडपर्वकाे विदा दिएकाे भन्दै बुधबार एक सुचना प्रकाशित गरेकाे छ ।


