प्यूठान । अस्वस्थ खाजा खादा प्यूठानमा १७ जना बिरामी परेका छन् । जिल्लाको माण्डवी गाउँपालिका ३ लामाचौर स्थित आकाश होटल तथा फ्रेस हाउसका खाजा खाएका १७ जना बिरामी परेका हुन ।
गत असोज ३० गते उक्त होटलमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतले खाजा खाएका थिए । खाजा खाए लगत्तै उनीहरु बिरामी परेको माण्डवी गाउँपालिकाका उपाध्यक्ष पूर्णप्रसाद कालाथोकीले समाचार स्पेशलाई बताए । कालाथोकीका अनुसार २ जना सुरक्षाकर्मी, एक जना स्वास्थ्यकर्मी र १४ जना अन्यले चाउमिन खाएका थिए ।
होटलमा खाजा खाइसकेपछि उनीहरुलाई झाडाबान्ता र पेट दुख्ने समस्या भएको थियो । अखाद्य तथा अस्वस्थ चाउमिन खुवाएको उपाध्यक्ष कालाथोकीले बताए । ‘खाजा खाएकाहरु बिरामी परेपछि हामीले सामान जफत गरेका छौँ’ उनले भने,‘अस्वस्थ खाजा खुवाउने होटलको अनुगमन गरी कारवाही गर्छौ ।’ खाजा खाएको उनीहरुको जिल्लाका बिभिन्न अस्पताल तथा क्लिनिकहरुमा उपचार भइरहेको छ ।

